सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८१, सोमबार

    काठमाडौ । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे ।

    नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।