अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता, सकियो विश्वकपको पहिलो चरण

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको मंगलबार खेलिएको खेलमा दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले अफगानिस्तानमाथि एक सय चार रनको सजिलो जित हासिल गरेको छ । जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ ।

    अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ । मंगलबार विहान सम्पन्न यो खेलसँगै नवौँ विश्वकपमा समूहगत चरणको खेल पनि सकिएको छ । ‘सुपर–८’ चरणमा पुग्ने आठवटै टोलीको टुंगो लागिसकेको छ । 

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो । यसअघि दुईवटा टोलीले मात्र जारी विश्वकपमा दुई सयभन्दा बढीको स्कोर बनाउन सकेका छन् ।

    नेदरल्यान्ड्सविरुद्धको खेलमा श्रीलङ्काले दुई सय एक रन बनाएको थियो । इङ्ल्यान्डविरुद्धको खेलमा अस्ट्रेलियाले पनि दुई सय एक रन बनाएको थियो । वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६।२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका बलर र ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । 

    पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि अनुभवी ब्याट्सम्यान निकोलस पुरनले ९८ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ५३ बलको सामना गरी आठ छक्का र ६ चौका पनि प्रहार गरेका थिए । ओपनर जोन्सन चाल्र्सले पनि टोलीको खातामा ४३ रन थपे । उनले केवल २७ बलको सामना गरी आठ चौका हिर्काए । कप्तान रोभमन पोवेलले पनि २६ रन बनाए । उनले १५ बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए ।