व्यास पुन: मतगणना : न्यौपानेको पेशी आज पनि हेर्न नभ्याइनेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास पुन: मतगणना : न्यौपानेको पेशी आज पनि हेर्न नभ्याइनेमा

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८१, मंगलवार

    दमौली । व्यास नगरपालिकाको पुन: मतगणना गर्न उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका वैकुण्ठ न्यौपानेको रिट उपर आज पनि सर्वोच्चमा सुनुवाई हुन सकेन ।

    सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासमा पेशी तोकिएकामा मंगलबार पनि हेर्न नभ्याइनेमा परेको हो ।

    यसअघि चार पटक उक्त पेशी हेर्न नभ्याइनेमा परेको थियो । न्यौपानेको रिट उपर जेठ २७,२८,२९ र असार २ गते पेशी रहेकामा हेर्न नभ्याइनेमा परेको थियो ।

    न्यौपानेले उच्च अदालतमै निवेदन दर्ता गरी सर्वोच्चमा रिट रहेकाले पुन मतगणना रोक्न माग गरेका थिए । उच्चका रजिष्टारले सर्वोच्चमा रहेको मुद्धा किनारा नलागेसम्म मतगणना स्थगित गर्ने आदेश दिएका थिए ।