राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    राेहित पाैडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आईसीसीकाे कारवाही

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८१, बुधबार

    काठमाडौं । टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धकाे म्याचमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता ताेडेकाे आराेपमा आईसीसीले कारवाही गरेकाे हाे ।

    नेपालकाे इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान राेहित पाैडेलसँग नाेकझाेक गरेका थिए । उनले राेहितकाे शरीरमा हात लगाएकाेसमेत पाइएपछि कारवाही भाेगेका हुन् ।तान्जिमलाई म्याच फीकाे १५ प्रतिशत जरिवाना गरिएको छ ।

    आईसीसीकाे खेलाडी आचारसंहिताकाे धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नाेगाज्स्कीकाे सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगाेपाल र फाेर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएकाे हाे ।

    तान्जिमले आफ्नाे गल्ती स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएकाे सजाय पनि स्वीकारेकाले औपचारिक सुनुवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।