फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित पौडेल

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८१, बिहीबार

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्।बिहीबार टी- २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए।

    उनले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए।

    उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।