कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात

    खबरपुञ्ज संवाददाता

    ७ असार २०८१, शुक्रबार

    काठमाडौ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले विजयी सुरूवात गरेको छ।

    अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो।

    पहिलो खेलमा २-० गोलको जित निकाल्ने क्रममा अर्जेन्टिनाले दुवै गोल हाफपछि हानेको हो।

    ४९ औं मिनेटमा जुलियन अल्भारेजले र ८८ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे।

    अर्जेन्टिना र क्यानडा समूह ‘ए’मा छ। उक्त समूहमा चिली र पेरू छ। समूहको दोस्रो खेल भोलि बिहान हुनेछ।

    समूह ‘बी’मा मेक्सिको, इक्वेइडर, भेनेजुएला र जमैका छ।