दमाैली । व्यास नगरपालिकाकाे पुन: मतगणना गर्ने उच्च अदालतकाे आदेश विरुद्ध सर्वाेच्चमा रिट दर्ता गरेका मेयर वैकुण्ठ न्याैपानेकाे पेशी आज हेर्न नमिल्नेमा परेकाे छ ।
सर्वाेच्चका न्यायाधीश मनाेजकुमार शर्मा र सुनिलकुमार पाेख्रेलकाे इजलासमा उक्त पेशी ताेकिएमा साेमबार हेर्न नमिल्नेमा परेकाे हाे ।
यसअघि जेठ २७, २८, २९, असार २, ४ र ९ गते पेशी रहेकामा हेर्न नभ्याइनेमा परेकाे थियाे ।