अकलाका विद्यार्थीलाई चित्रकला सम्बन्धी कार्यशाला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अकलाका विद्यार्थीलाई चित्रकला सम्बन्धी कार्यशाला

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ स्थित अकला आधारभूत विद्यालयका विद्यार्थीलाई चित्रकला कार्यशाला प्रदान गरिएको छ ।

    विद्यार्थीलाई चित्रकला सम्बन्धी सिकाउन कार्यशालाको आयोजना गरिएको हो। आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपालीले विद्यार्थीहरूलाई चित्रकला बनाउने सीपबारे जानकारी गराएका छन् । प्रशिक्षक नेपालीले चित्र कसरी बनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई सिकाइएको जानकारी दिए।

    उक्त कार्यशालामा विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययनरत ५२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    चित्रकला बारे सिक्न पाएपछि विद्यालयका विद्यार्थीहरू खुसी भएका छन् ।