समूह विजेता बन्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    समूह विजेता बन्दै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८१, आईतवार

    काठमाडौ । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

    समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।

    अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो।

    यसअघि  क्यानडालाई २-० र चिलीलाई  १-० गोलले पराजित गरेको थियो।

    आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा दुवै गोल लाउटारो मार्टिनेजले गरे।

    उनले ४७ औं र ८६ औं मिनेटमा गोल गरे।

    अर्जेन्टिना रहेको समूह ‘ए’बाट क्यानडा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ।

    आजै भएको खेलमा गोलरहित बराबरीको नतिजा निकाल्दै क्यानडा क्वाटरफाइनलमा पुगेको हो।

    उक्त समूहबाट चिली र पेरू बाहिरिएका छन्।