महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८१, शुक्रबार

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिएकोप्रति तीव्र असन्तुष्टि सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृत्ति हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

    वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेशनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो’, उनले भने । 

    सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔँ भन्दा सुनुवाइ नभएको बताउँदै समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दै व्यङ्ग्य कसे । समाजवादीको १६ असारदेखि काठमाडौँको प्रज्ञा भवनमा भएको महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । (राताेपाटीबाट)