पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    काठमाडौ । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप- २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो ।

    जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो ।

    यसअघि भएको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।

    शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।