आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन सेमिफाइनलमा

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    काठमाडौ । युरो कप २०२४ को निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ ।

    स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धा र रोमाञ्चले भरिपूर्ण खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

    खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए तर ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । नियमित समयसम्म खेल बराबरिमा गएपछी अतिरिक्त समयमा खेल पुग्यो ।

    अतिरिक्त समयमा पनि खेलमा नतिजा ननिस्कने देखिदै थियो तर ११९ मिनेट अर्थात अतिरिक्त समयको पनि अन्तिम मिनेटमा स्पेनले गोल गर्यो ।

    उसको लागि मिकेल मोरिनोले गोल गर्दै घरेलु टोलीलाई निराश बनाउँदै अविजित रुपमा युरो २०२४ को सेमिफाइनल पुग्न सफल भयो ।