शेरामा कल्भर्ट भाँसिदा राजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शेरामा कल्भर्ट भाँसिदा राजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ र म्याग्दे गाउँपालिका-६ जाेड्ने म्याग्देखाेलामा राखिएकाे कल्भर्ट भाँसिदा राजमार्ग अवरुद्ध भएकाे छ । वर्षाका कारण कल्भर्ट भासिएपछि थर्पु-खैरेनीटार खण्ड दुईतर्फी अवरुद्ध भएकाे हाे ।

    वर्षाका कारण खाेलाकाे बहाव बढेर कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएकाे र सडक खुलाउन प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।