देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    काठमाडौ । शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी भोलिदेखि कम हुँदै जाने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो विशेष मौसम बुलेटिन निकालेर भोलिदेखि क्रमिक रूपमा वर्षाकाे मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा भोलिदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।

    पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो । भोलिदेखी वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।