नौबिसे–मलेखु सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नौबिसे–मलेखु सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौं । नौबिसे-मलेखु सडकखण्ड बुधबारदेखि १५ दिन बन्द हुने भएको छ ।

    सडक विभागअन्तर्गत नागढुंगा-मुग्लिन सडक योजनाले एक सूचना जारी गर्दै नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य हुने जनाएको छ ।

    जसकारण हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुधबारदेखि  साउन ९ गतेसम्म हरेक दिन बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारी साधनहरु रोकिने बताइएको छ । 

    एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने बाधा नपुग्ने सूचनामा भनिएको छ ।नौबिसे–मलेखु सडक विकल्पमा गल्छी–बिदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने छ ।