फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    काठमाडौ । स्पेन युरो कपको फाइनल प्रवेश गरेको छ। बुधबार बिहानको राति म्युनिख फुटबल एरेनामा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन १२ वर्षपछि युरो कपको फाइनल प्रवेश गरेको हो।

    फ्रान्सका रान्डल कोलो मुआनीले टिमलाई सुरुवाती अग्रता दिलाए पनि त्यो पर्याप्त भएन। फाइनलसम्म अपराजित स्पेनको लागि फ्रान्सविरुद्ध लामिन यमल र डानी ओल्मोले गोल गरे।

    सेमिफाइनलको सुरुवाती ९ मिनेटमै खेलमा अग्रता लिएको फ्रान्स त्यसलाई जोगाउन नसक्दा समेमिफाइनलबाट बाहिरिएको हो। फ्रान्सका कप्तान केलियन एमबाप्पेले दिएको पासमा खेलको ९ मिनेटमै मुआनीले हेड गोल गरेका थिए।

    खेलको २१औं मिनेटमा स्पेनका लागि यमलले गोल गर्दै खेल बराबरीमा फर्काए भने खेलको २५ औं मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि फ्रान्सलाई रोक्दै स्पेन फाइनल पुगेको हो।