मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    काठमाडौ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।

    यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् । मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् । साविक विजेता अर्जेन्टिना क्यानडालाई २-० गोल अन्तरले हराउँदै कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।