नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४’ आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् ।

    प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ ।

    नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको  नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सिइओ सन्तोष न्यौपानेले जानकारी दिए ।

    प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पनि सहयोग पुर्‍याउने न्यौपानेको भनाइ छ ।  

    नेपाल पर्यटन बोर्ड समेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले  सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरु मार्फत आवेदन दर्ता गर्न सक्छन् । साथै इसेवामा नेपाल करि शेफ अफ द इयर सर्च गरि  अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए ।

    आन्तरिक प्रतियोगितामा छनौट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र बिजेता घोषणा अगस्ट २४ मा काठमाडौँमा हुनेछ ।