नेदरल्यान्ड्सलाई पराजित गर्दै युरो कपको फाइनलमा पुग्यो इङ्ल्यान्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेदरल्यान्ड्सलाई पराजित गर्दै युरो कपको फाइनलमा पुग्यो इङ्ल्यान्ड

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    काठमाडौ । इङ्ल्यान्ड यूईएफए युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनल खेलमा नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

    खेलको सुरुवातमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो । तर, इङ्ल्यान्डले पुनरागमन जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

    नेदरल्यान्ड्सका जाभी सिमोन्सले ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर १८औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै ह्यारी केनले खेललाई बराबरीमा ल्याए । त्यस्तै ओलेइ वाट्किन्सले ९०औँ मिनेटमा गोल गरेसँगै इङ्ल्यान्ड विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

    अब इङ्ल्यान्डले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरिसकेको छ ।