पहिराका कारण पृथ्वीराजमार्गकाे तनहुँ खण्डका विभिन्न ठाउँ अवरुद्ध (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराका कारण पृथ्वीराजमार्गकाे तनहुँ खण्डका विभिन्न ठाउँ अवरुद्ध (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा र व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

    बिहीबार राति परेको भीषण वर्षाका कारण आज बिहान खसेको पहिराका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको हो । याम्यामा बिहान ४ बजे गएको पहिरा हटाइएपनि पुनः रुखहरु ढलेर राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरा पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    May be an image of 1 person and jeep

    यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिक समेत पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण व्यास नगरपालिका–१२ कमलबारी नजिक समेत बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    May be an image of 1 person, fog and road
    May be an image of 3 peopleMay be an image of road

    यस्तै व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा यो खण्ड समेत अवरुद्ध भएको छ । पहिराका कारण सडकछेउ रहेका डाेजर आधी पुरिएको छ । डोजर लगायतका मेसिन पुरिएर बाहिर निकाल्न नपाउँदा अन्यत्र पहिरा पन्छाउन जान सकिएको छैन ।