११ घण्टा लगाएर कालीखोलाको पहिरो हटाएपछि दुईतर्फी सडक खुल्‍यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ११ घण्टा लगाएर कालीखोलाको पहिरो हटाएपछि दुईतर्फी सडक खुल्‍यो

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला क्षेत्रको सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्‍चालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार अवरूद्ध सडकको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात खुलेको हो । यसअघि कालीखोलामा माथिबाट ठूलो पहिरो झरेपछि पन्छाउन करिब ११ घण्टा समय लागेको डीएसपी रिजालले बताए ।

    उनले भने, ‘रातिदेखिको पहिरो ठूलो एक्साभेटरको सहायताले करिब ११ घण्टा लगाएर हटाएका छौं। कालीखोला क्षेत्र सडकमा अहिले दुईतर्फी नै यातायात आवागमन खुलेको छ ।’