बाढीपहिरोमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाढीपहिरोमा परी एक सय तीन जनाको मृत्यु, एक सय नौ घाइते

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८१, शुक्रबार

    काठमाडौ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत भएका विपद्का घटनामा एक सय तीन जनाको मृत्यु भएको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी एक सय तीन जनाको मृत्यु भएको हो ।

    काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी एक सय नौ जना घाइते भएका छन् ।

    कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी  ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना र गण्डकी प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी छ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ ।