दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले अनलाइन मार्फत् ठगी गर्ने एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।
निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत् विदेशबाट मोवाइल, एयरबोर्ट समेतको सामान आएको छ भनी झुक्याएर रु पाँच लाख ठगी गरेकी थिइन् ।
पक्राउ परेकी थापा विरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।