दमौली । भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै बगेका बसका यात्रुको आइतबार देवघाट क्षेत्रमा खोजी सुरु गरिएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रको संयुक्त टोलीलाई देवघाट क्षेत्रमा खोजीका लागि खटाइएको छ। साथै सम्भावित सबै क्षेत्रमा खोजी कार्य भइरहेको छ ।
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन ।