क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे तेस्रो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यानडालाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे तेस्रो

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८१, आईतवार

    काठमाडौं । क्यानडालाई पेनाल्टीसुटआउटमा ४-३ पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ मा तेस्रो भएको छ ।

    आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा निर्धारित ९० मिनेटको खेल २-२ को बराबरी भएपछि खेल सुटआउटमा पुगेको हो ।

    जहाँ उरुग्वेका लागि पेनाल्टी प्रहार गरेका चारै खेलाडीले गोल गर्दा क्यानडाका दुई खेलाडी चुके ।

    उरुग्वेका लागि फेडेरिको भलभर्डे, रोड्रिगो बेन्टानकुर, डे अरास्काएटा रलुइस सुवारेजले गोल गरे ।

    क्यानडाका लागि जोनाथन डेविड, मोइस बोम्बितो र माथिउ चोइनिइरेले मात्र गोल गरे ।

    इस्माएल कोनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने अल्फोन्सोले डेविडले हानेको अन्तिम पेनाल्टी क्रसबारमा लागेको थियो ।

    त्यसअघि हार नजिक पुगेको उरुग्वेका लागि इन्जुरी टाइममा सुवारेजले बराबरी गोल गरेका थिए ।

    खेलको आठौं मिनेटमा रोड्रिगोलबेन्ट नकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । मोनले २२औं मिनेटमा क्यानडाका लागि बराबरी गोल गरेका थिए ।

    यस्तै ८०औं मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम सममया सम्हालिन नसक्दा पहिलो सहभागितामै तेस्रो बन्ने अवसर क्यानडाले गुमायो ।