टिचिङ अस्पतालको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक इसीजी मेसिन हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टिचिङ अस्पतालको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक इसीजी मेसिन हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शिशु शल्य चिकित्सा विभागमा अत्याधुनिक प्रविधिको इसीजी मेसिन हस्तान्तरण गरिएको छ । 

    साांसद प्रदीप पौडेलले विभागमा बुधबार आयोजित एक समारोहका बीच विभाग प्रमुख डा. गेहराज दाहाललाई इसीजी मेसिन हस्तान्तरण गरे । समारोहमा शिशु शल्य चिकित्सक डा. दिनेश कोइराला तथा विचाग इन्चार्ज विमला वैद्य लगायतको उपस्थितिमा मेसिन हस्तान्तरण गरिएको थियो ।  

    सान्भी फाउन्डेसन अष्ट्रेलियाले अत्याधुनिक १२ लिडको मोनिटरसहितको इसीजी मेसिन दिएको हो । 
    शिशुहरूको मुटु सम्बन्धी समस्याहरू सहज रुपमा पहिचान गर्न यस मेसिनले सहयोग गर्नेछ । साथै बिरामी भएकै ठाउँमा लैजान मिल्ने ‘पोर्टेबल’ मेसिन भएकाले झनै सहज हुने विभाग प्रमुख डा. गेहराज दाहालले बताए ।

    भविष्यमा अत्याधुनिक शिशु अप्रेसन थिएटर आवश्यक रहेको समेत बाल शल्यचिकित्सक डा. कोइरालाले बताए ।

    मेसिन हस्तान्तरणपश्चात सांसद पौडेलले सो विभागको अवलोकन समेत गरेका थिए । अवलोकनका क्रममा डा. कोइरालाले शिशुमैत्री अपरेशन कक्ष विभागमा आवश्यकता रहेको र यसका लागि सरकारसमक्ष पहल गरिदिन सांसद पौडेललाई आग्रह गरे । 
    शिशु शल्य चिकित्सामा सबैभन्दा जटिल अपरेसन समेत हुने यस विभागमा अपरेशन कक्षलाई सोही अनुसार ढाल्नुपर्ने भएपनि बजेट अभावले त्यसो गर्न नसकिएको डा. कोइरालाले जानकारी गराएका थिए । 
    सांसद पौडेलले शिशुहरूका लागि उपचारमा राम्रो सुविधा आवश्यक पर्ने बताए । उनले अध्ययनका साथसाथै त्रिवि शिक्षण अस्पतालमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताए । त्यसका लागि आफूले पनि सक्दो पहल गर्ने सांसद पौडेलले प्रतिवद्धता व्यक्त गरे ।