पहिराे पीडितलाई माओवादी केन्द्र शुक्लागण्डकीको आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    पहिराे पीडितलाई माओवादी केन्द्र शुक्लागण्डकीको आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेका पहिराे पीडितलाई आर्थिक सहयोग गरिएको छ । गत असार २६ गते आएको पहिराेका कारण मृत्यु भएका तीन जनाका परिवारलाई नेकपा (माओवादी) केन्द्र शुक्लागण्डकी नगर कमिटीले आर्थिक सहयोग गरेको हो ।

    नगर कमिटीका अध्यक्ष मनराज गुरुङले आज पीडित परिवारलाई जनही रु पाँच हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ । विपद्का बेला सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले जीवनको अगाडी पैसा ठूलो कुरा नभएपनि माओवादी जनताको पीडामा सधैं सँगै हुने बताए।

    गत शनिबार गएको पहिराबाट घर पुरिदा मृत्यु भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको मृत्यु भएको थियो ।