प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा नियुक्त

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८१, बिहीबार

    काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई राजनीतिक सल्लाहकार नियुक्त गरेको हो । रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुदा राजनीतिक सल्लाहकारको भूमिकामा थिए ।

    त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा नियुक्त भएका छन् । खतिवडा पुर्व अर्थमन्त्री हुन् ।