याम्पाबाट ३३ हजार नगद सहित तास खेलेका नाै जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    याम्पाबाट ३३ हजार नगद सहित तास खेलेका नाै जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८१, शुक्रबार

    दमाैली । तनहुँकाे बन्दीपुर गाउँपालिका-५ याम्पाबाट प्रहरीले तास खेलेका नाै जनालाई पक्राउ गरेकाे छ । एक व्यक्तिकाे घरमा जुवातास खेलिरहेको अवस्थामा नाै जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।

    इलाका प्रहरी कार्यालय बन्दीपुरबाट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएकाे छ ।