बेपत्ता बस र यात्रुको देवघाटमा खोजी गर्दै भारतीय उद्धारटोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेपत्ता बस र यात्रुको देवघाटमा खोजी गर्दै भारतीय उद्धारटोली

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    चितवन । चितवनको सिमलतालमा पहिरो खसेर बेपत्ता बनाएको दुई वटा बस र यात्रु खोज्न आएको भारतीय उद्धारकर्मीको टोली देवघाटमा खोजी थालिएको छ।आइतबार बिहान उनीहरूले सिमलतालदेखि ५ किलोमिटरसम्म खोजी गर्ने लक्ष्य लिएका थिए। तर गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिशूली नदीको बहाव र वेग (करेन्ट) दुबै बढेको छ। जसकारण खोजीकार्यमा समस्या उत्पन्न भएको हो।

    भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरइफ) का १२ जनाको प्राविधिक टोली शनिबार आइपुगेको हो। उक्त टोलीमा चार जना गोताखोर छन्। उनीहरूले तीन वटा सोनार क्यामरा लिएर आएका छन्। जसको मद्दतबाट बस र यात्रुको खोजी गर्ने तयारी गरेका थिए। 

    आइतबारदेखि खोजी गर्ने योजनासाथ आइपुगेका उनीहरूले शनिबार नदीको निरीक्षण गरी योजना बनाएका थिए। पाँच किलोमिटरसम्म खोजी गर्ने उनीहरूको लक्ष्य थियो। तर सिमलतालस्थित नदीको बहाव र वेका कारण त्यहाँ खोजी कार्य स्थगित गरी देवघाटमा सुरू गरिएको हो।