टीआरसी विधेयकमा तीन दलबीच सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टीआरसी विधेयकमा तीन दलबीच सहमति

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    काठमाडाै । संक्रणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच सहमति भएको छ। आज सिंहदरबारमा बसेको कार्यदलको बैठकले विधेयकमा विवादित भएका चार बुँदामा सहमति गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। 

    उनका अनुसार तीन दलका कार्यदलका बीचमा आजसम्म भएका सहमति र सोमबारसम्म कार्यदलले मस्यौदा शीर्ष नेताहरूलाई दिने जानकारी दिए। 

    यसैगरी गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिला विषयमा सहमति भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले चाडै कार्यदलमा भएका सहमतिको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउँदै समितिमा पठाउने बताए।