पुर्ख्याैली घर तनहुँ भएका सिग्देलले सेनाकाे कमाण्ड सम्हाल्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुर्ख्याैली घर तनहुँ भएका सिग्देलले सेनाकाे कमाण्ड सम्हाल्दै

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    काठमाडाै । पुर्ख्याैली घर तनहुँ भएका रथी अशाेकराज सिग्देलले नेपाली सेनाकाे कमाण्ड सम्हाल्दैछन् । गण्डकी प्रदेश तनहुँ जन्म घर र स्थायी घर बुटबलबाट हाल काठमाडाैंकाे बुढानीलकण्ठमा बसाेवास गर्दै आएका सिग्देलले सेनाकाे कमाण्ड सम्हाल्ने भएका हुन् ।

    मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी ताेकेसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो ।

    यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् ।