राष्ट्रपतिको युरोप भ्रमणमा २ करोड ४३ लाख खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिको युरोप भ्रमणमा २ करोड ४३ लाख खर्च

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमणमा झन्डै साढे दुई करोड रुपैयाँ खर्च भएको छ ।राष्ट्रपति पौडेलको युरोप भ्रमणका क्रममा भएको २ करोड ४३ लाख रुपैयाँ खर्च अर्थ मन्त्रालयले अर्थ विविध शीर्षकबाट परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएको हो ।

    राष्ट्रपति पौडेल २९ जेठ २०८१ का दिन स्वीट्जरल्यान्ड प्रस्थान गरेका थिए । उनी अन्तर्राष्ट्रिय श्रम सम्मेलनका दौरान सो मुलुक पुगेका हुन् ।

    उनी त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा पुगेका थिए । यी दुई भ्रमणमा नेपाल सरकारको झन्डै साढे २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । (अनलाइन खबरबाट)