धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछुः बालेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछुः बालेन

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    काठमाडाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने बताएका छन्। बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन्।

    बालेनले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा पनि काममा समय दिनुपर्ने बताए।

    उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए। उनले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए।

    उनले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताए। उनले विशेषगरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरूको मुहार हेर्ने चाहना रहेको बताए।

    उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरिरहेको बताए।