थाई एयरले बैंकक-भैरहवा उडान गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थाई एयरले बैंकक-भैरहवा उडान गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    काठमाडौ । थाइल्याण्डको बैङ्कक मुख्यालय भएको थाई एयर एशियाले बैङ्कक–भैरहवा हप्तामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई हिजो भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एशियाले काठमाण्डौ र भैरहवामा उडान अनुमति मागेको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले हप्तामा काठमाण्डौमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । भैरहवामा अहिले हप्तामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ ।

    काठमाण्डौबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौं आउने गरेको छ । ५८ वटा विमान भएको थाई एयर एशियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।