झापामा दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झापामा दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८१, शुक्रबार

    झापा । झापाको हल्दीबारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    बिहीबार करिब साढे ७ बजे राजगढबाट जलथल तर्फ आउँदै गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलबाट राजगढ तर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक हल्दीबारी गाउँपालिका-५ बस्ने भानुभक्त प्रसाईंका ३० वर्षका छोरा प्रेम प्रसाईं र पछाडि बसेका नाताले साला पर्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर बस्ने धनबहादुर कार्कीको छोरा २१ वर्षीय डिकेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते प्रसाईं र कार्कीको बिर्तामोडस्थित बीएण्डसी अस्पताल बिर्तामोड उपचारका लागि पठाइएको थियो ।