नारायणघाट नजिक बाघको आक्रमण!
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणघाट नजिक बाघको आक्रमण!

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    चितवन । चितवनको नारायणघाट नजिकै नारायणी नदीको किनारमा जंगली जनावरको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।आइतबार बिहान सवा ५ बजेतिर मर्निङ्वाक गरिरहेका भरतपुर-२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघजस्तो देखिने जंगली जनावरले आक्रमण गरेको हो।

    घाइते श्रेष्ठको नयाँ  मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।उनको मुख र हातमा चोट लागेको छ।