जावलाखेलमा देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जावलाखेलमा देखाइयाे रातो मच्छिन्द्रनाथको भोटो

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएकाे छ ।

    मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएकाे हाे ।

    भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाययादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहश्र जावलाखेल पुगेका थिए । भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ ।

    कपडाको थैलीमा शीलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

    त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।