नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणी किनारमा मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८१, आईतवार

    चितवन । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ ।

    चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राती पौने नौ बजे बाघ नियन्त्रणमा लिएका हुन। अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएका छन् । केही समय पछि बाघलाई निकुञ्ज लैजाने तयारी गरिएको छ ।

    आइतबार बिहान ५ः२० को समयमा नारायणी नदी किनारमा मर्निङ वाक गर्न गएका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठलाई बाघले घाइते बनाएको थियो । बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । (नारायणी अनलाइनबाट)