बाढी र पहिरोको उच्च जोखिम भएका तनहुँ सहित विभिन्न जिल्लामा रात्रिकालीन बस नचलाउन निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाढी र पहिरोको उच्च जोखिम भएका तनहुँ सहित विभिन्न जिल्लामा रात्रिकालीन बस नचलाउन निर्देशन

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८१, मंगलवार

    काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै सम्भावित क्षति रोक्न रात्रिकालीन बस सञ्चालन नगर्न निर्देशन दिएको छ।

    नेपालका अधिकांश स्थानमा बुधवार रातिसम्म वर्षा हुने मौसमविद्हरूले बताएका छन्।

    यसअघि बाढी र पहिरोका सम्भावित घटनालाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन यातायातमा रोक लगाउने तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका थिए।

    उच्च जोखिममा कुनकुन जिल्ला

    प्राधिकरणका अनुसार उच्च जोखिममा यी जिल्ला परेका छन् –

    कोशी प्रदेश – ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम

    बागमती प्रदेश – रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा

    गण्डकी प्रदेश – म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा

    लुम्बिनी प्रदेश – कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची र रुकुम पश्चिम

    सुदूरपश्चिम प्रदेश – कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी।

    गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भूसालका अनुसार बाढी, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा रातको समयमा राजमार्गहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने बताएका थिए।