घाँटीमा हड्डी अड्किएर तनहुँका छामबहादुरकाे निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    घाँटीमा हड्डी अड्किएर तनहुँका छामबहादुरकाे निधन

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८१, बुधबार

    चितवन ।  घाँटीमा हड्डी अड्किएर बुधबार भरतपुरकाे सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँका ५९ वर्षीय छामबहादुर रानामगरकाे निधन भएकाे छ ।

    तनहुँँकाे ऋषिङ भिरकाेट पिपलबारीका छामबहादुर छाेरीकाे घर नवलपरासी गैंडाकाेट नगरपालिका-१ गंगानगर आएका थिए ।

    बुधबार बिहान मासु र खाना खाँदा उनकाे घाँटीमा हड्डी अड्किएकाे थियाे । भरतपुर अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए ।