


दमौली । तमुस्यो ह्युला छोज धि शुक्लागण्डकीको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले नौ माया गुरुङको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति चयन गरेकोछ ।
समितिको उपाध्यक्षमा नरदेवी गुरुङ, सचिवमा कुसुम गुरुङ, सहसचिवमा माया गुरुङ, कोषाध्यक्षमा प्रतिभा गुरुङ चयन भएकी छन् ।
तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषद शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमुस्यो ह्युला गण्डकी प्रदेशकी सचिव एवं बन्दीपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष करुणा गुरुङ रहेकी थिइन् ।
शुक्लागण्डकी अन्तर्गत रहेका १३ वटा गुरुङ समाजहरुको सहभागिता रहेको थियो ।