मधेशमा सामुदायिक विद्यालयको अवस्था विजोग छ : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मधेशमा सामुदायिक विद्यालयको अवस्था विजोग छ : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८१, बिहीबार

    काठमाडौ । बारा-४ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पहाडमा भन्दा मधेसमा सामुदायिक विद्यालयको अवस्था बिजोग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा सम्बन्धि समितिको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले मधेशमा विद्यालयहरुको अवस्था बिजोग भएको हुँदा पुर्वाधार निर्माणको बारेमा सोच्नुपर्ने बताए ।

    आफू यस अगाडी पॉच वर्ष तनहुँको सांसद भईसकेको र हाल मधेश प्रदेशको बारा जिल्लाको सांसदको रुपमा रहँदा उक्त दुई भुगोलको विद्यालयहरुको तुलना गर्दा मधेसमा धेरै नै बिजोग पाएको बताए । मधेशमा विद्यालय भवन नहुँदा विद्यार्थीहरु आँपको बगैंचामा त कतै फुसको छानामुनी बसेर पनि पढ्नु परेको सांसद श्रेष्ठले बताए ।

    नयाँ सरकारसँग विद्यालयको पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गर्न माग गर्नुपर्ने सांसद श्रेष्ठले बताए । पहाडी क्षेत्रका गाउँका विद्यालयमा विद्यार्थी नहुँदा भवन रित्तै भएको तर मधेसमा विद्यार्थीहरुले पढ्न भवन समेत नपाएको श्रेष्ठले बताए ।