३७ वर्षीया सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    ३७ वर्षीया सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०८१, शुक्रबार

    काठमाडाै । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षीय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।

    उनी थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपि उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।

    बुधवार फेउ थाई पार्टीका श्रेता थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।