दमाैलीमा गाईजात्रा मनाइयाे (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा गाईजात्रा मनाइयाे (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    दमाैली । एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा तनहुँका नेवार समुदायले मङ्गलबार गाइजात्रा निकालेका छन् । दिवङ्गत आफन्तको सम्झनामा तनहुँका विभिन्न ठाउँमा नेवार समुदायले गाइजात्रा निकालेका हुन् ।

    दिवङ्गत आफन्तको सम्झनामा नेवार समुदायले गाइको रुपमा सिङ्गारेर बजार परिक्रमा गरेका छन् । तनहुँ सदरमुकाम दमौलीमा नेवार समुदायका विभिन्न गुठीहरुले गाइजात्रा निकालेका छन् ।

    दिवङ्गत भएका आफन्तको सम्झनामा गाइको रुपमा सिङ्गारेर बजार परिक्रमा गराउने प्रचलन रहेको व्यास नगरपालिका–२ निवासी कविराज श्रेष्ठले जानकारी दिए । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ ।

    May be an image of one or more people, temple, crowd and text
    May be an image of 6 people, temple and text

    एक वर्ष अघिदेखि दिवङ्गत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसलाई गाईको रुपमा सिङ्गारी आआफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्ने परम्परा रहेको श्रेष्ठले बताए ।

    May be an image of 3 people, temple and text
    May be an image of 4 peopleMay be an image of 4 people and textMay be an image of one or more peopleMay be an image of 6 people, crowd and textMay be an image of 3 people and temple

    जिल्लाका दमौली, शुक्लागण्डकी, जामुने, आँबुखैरेनी, बन्दीपुर लगायतका ठाउँमा आज गाइजात्रा मनाइएको छ ।