जिल्ला बाल अधिकार समितिको अध्यक्षमा राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला बाल अधिकार समितिको अध्यक्षमा राना

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८१, मंगलवार

    दमाैली । जिल्ला बाल अधिकार समिति तनहुँकाे अध्यक्षमा माया राना मनोनित भएकी छिन् ।
    म्याग्दे गाउँपालिका–४ निवासी रानालाई गत साउन १० गतेको सामाजिक विकास
    मन्त्री स्तरीय निर्णयबाट जिल्ला बालअधिकार समिति तनहुँको अध्यक्षमा मनोनित
    गरिएकाे हाे ।

    बालबालिकाको सम्मान संरक्षण र प्रवद्र्धन गर्दै उनीहरुको शारिरीक, मानसिक,
    संवेगात्मक, बौद्धिक, सामाजिक एवम् भावनात्मक विकासका साथै सर्वोत्तम हितका
    लागि कानुनी व्यवस्था गर्न गण्डकी प्रदेशमा बालबालिकाको अधिकार सम्बन्धमा
    व्यवस्था गर्न बनेको ऐन, २०७८ को दफा ८२ मा जिल्ला बालअधिकार समितिको
    व्यवस्था गरिएको हुँदा सोही दफाको व्यवस्था अनुसार रानालाई जिल्ला बालअधिकार समिति तनहुँको अध्यक्षमा मनोनित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।