जामुनेमा हुने तीज गीतकाे तयारी तीव्र, प्रथम पुरस्कार २० हजार २ सय २२
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    जामुनेमा हुने तीज गीतकाे तयारी तीव्र, प्रथम पुरस्कार २० हजार २ सय २२

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८१, बुधबार

    दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लवले हरितालिका तीजको अवसरमा आयाेजना गर्ने खुल्ला तीज प्रतियोगिताकाे तयारी तीव्र पारिएकाे छ ।

    विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित आयाेजना गरिएकाे प्रतियाेगिताका लागि आवश्यक तयारी थालिएकाे क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    भदाै २१ र २२ गते आयाेजना हुने प्रतियाेगितामा प्रथम हुनेलाई रु २० हजार २ सय २२, द्वितीय हुनेलाई रु १३ हजार ३ सय ३३, तृतीय हुनेलाई रु ७ हजार ७ सय ७७ प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट नृत्य गर्नेलाई रु ६ हजार ६ सय ६६ नगद पुरस्कार प्रदान गरिने क्लवले जनाएकाे छ ।

    क्लवले यस क्षेत्रमा सामाजिक विकासमा याेगदान पुर्याउनुका साथै युवालाई नेतृत्व विकासमा समेत सघाउँदै आएकाे छ ।