आँबुखैरेनीकाे दुर्घटनाप्रति प्रचण्डद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आँबुखैरेनीकाे दुर्घटनाप्रति प्रचण्डद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका-२ ऐना पहारामा शुक्रबार भएकाे बस दुर्घटनाप्रति पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।

    प्रचण्डले दुर्घटनामा भएकाे मानवीय क्षतिले स्तब्ध तुल्याएकाे जनाएका छन् । घटनाप्रति दु:ख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको उनले ध्यानाकर्षण गराएका छन् ।