काठमाडाै । तनहुँकाे आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएकाे बस दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले दुख व्यक्त गरेका छन् ।
माेदीले सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै भारतीय दूतावासले पीडितलाई हरसम्भव सहयोग गरिरहेको उल्लेख गरेका छन् ।
दुर्घटनामा परी २७ जनाकाे मृत्यु भएकाे थियाे भने १६ जना घाइते भएका छन् । पाेखराबाट काठमाडाैतर्फ गइरहेकाे बस मर्स्याङ्दीमा खसेकाे थियाे ।