दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिकै मर्स्याङ्दी नदिमा शुक्रबार भएकाे बस दुर्घटनाका घाइतेकाे उद्धार तथा उपचारमा खटिनेलाई गाउँपालिका अध्यक्ष शुक्र चुमानले धन्यवाद दिएका छन् ।
चुमानले दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन् । साथै घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दै चुमानले भनेका छन्, ‘यस दु:खद घटनामा उद्दार, राहत र उपचारमा खटिनुहुने आबुखैरेनी अस्पतालका स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, एम्बुलेन्स चालक र सम्पूर्ण स्थानीयवासीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
पाेखराबाट काठमाडाै जाँदै गरेकाे भारतीय बस दुर्घटनामा २७ जनाकाे मृत्यु भएकाे छ भने १६ जना घाइते भएका छन् । घाइतेहरुकाे काठमाडाै शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । मृतककाे चितवनमा पाेष्टमार्टम गरिएकाे छ ।